भारतको पक्ष र पाकिस्तानको विपक्षमा अमेरिका

एजेन्सी– अमेरिकाले पाकिस्तानको विपक्षमा र भारतको पक्षमा हुनसक्ने अभिव्यक्ति दिएको छ । उसले पाकिस्तानले दुई समूह जैश ए मोहम्मद र लश्कर ए तैयबालाई कारवाही गर्नु पर्ने र भारतमाथि फेरि आक्रमण गर्न नपाउने बताएको हो । 

१४ फ्रेबुअरीमा पुलवामामा भएको आक्रमणपछि भारत र पाकिस्तानबीच बारम्बार विवाद भइरहेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका एक अधिकारीले भनेका छन्, ‘हामी पाकिस्तानले ती दुई समूहलाई कारवाही गरोस् भन्ने चाहन्छौँ र त्यो क्षेत्रमा तनाव कम होस् भन्ने चाहन्छौँ ।’

उनको भनाइलाई भारतीय सन्चारमाध्यमले उद्धृत गरेका छन्, ‘यदि हामीले सोचेको जस्तो भएन र त्यो क्षेत्रमा फेरि तनाव बढ्यो भने पाकिस्तान समस्यामा पर्न सक्छ । र, त्यो भनेको दुवै देशका लागि खतरानक हो ।’ ती अधिकारीले पाकिस्तानले पछिल्लो समय जिम्मेवार देशका रुपमा काम नगरेकाले झन् समस्या पर्न सक्ने पनि बताएका छन् ।





  • प्रकाशित मिति : चैत ७, २०७५ बिहीबार १६:४८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया