सेयर बजारमा सुधार कायमै

काठमाडौं– सोमबार सामान्य अंकले सुधार आएको सेयर बजारमा मंगलबार पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबारमापक नेप्से परिसूचक २.०७ विन्दुले बढेर एक हजार १४०.७२ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४२ ले वृद्धि भई २४२.६७ विन्दुमा पुगेको छ । 

कुल १७१ कम्पनीको आठ लाख ८२ हजार ८८५ कित्ता सेयर २१ करोड ५१ लाख २१ हजार ५ सय ८० मूल्यमा खरिद–बिक्री भए । कारोबार भएका १० उपसमूहमध्ये लघुवित्त उपसमूहको सेयर ५.१२ विन्दुले घटेको छ । बैंकिङ १.१६, होटल १.९४, विकास बैंक ०.०२, जलविद्युत् ३.२२, वित्त ०.२८, निर्जीवन बिमा २४.१९, उत्पादन ११.०६, अन्य ५.४२ र जीवन बिमा ०.५८ विन्दुले बढेका छन् । 

सामान्य बढेको बजारमा नेपाल बंगलादेश बैंकको संस्थापक सेयर बढी मूल्यमा कारोबार भई शीर्ष स्थानमा रह्यो । सो बैंकको एक करोड ५८ लाख ३१ हजार ४ सय ८० बराबरको कारोबार भयो । यस्तै, एनएमबी बैंकको ९६ लाख ४४ हजार ७ सय ९४, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी ७४ लाख १७ हजार ५ सय १४, प्राइम बैंक ६४ लाख ५३ हजार १ सय ५४ मा कारोबार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पाँच प्रतिशतले कमाउँदा एनएमबी हाइब्रिड फन्ड ३.९५, पोखरा फाइनान्स ३.०८, भार्गव विकास बैंक २.८६ प्रतिशतले कमाएका छन् । 

यस्तै, युनिभर्सल पावर कम्पनीका सेयरधनीले ९.८७ प्रतिशतले गुमाएका छन् । शिवम् सिमेन्ट ९.८१, मिथिला लघुवित्त वित्तीय संस्था ५.५४, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ५.११ प्रतिशतले गुमाएका छन् ।





  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार १७:१२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया