महिला फुटबलमा नेपाल पुनः भारतसँग पराजित

काठमाडौं– शनिबार म्यानमारमा सम्पन्न ओलम्पिक महिला छनोट फुटबलमा नेपाल पुनः भारतसँग ३–१ गोल अन्तरले पराजित भएको छ । 

यसअघि विराटनगरमा सम्पन्न साफ महिला फुटबलको फाइनलमा पनि नेपाल भारतसँगै पराजित भएको थियो ।

नेपालले भारतमै भएको हिरो गोल्डकपमा भने भारतलाई हराएको थियो । ओलम्पिक छनोटमा भने नेपालले बराबरी खेलेको थियो । 

साफ च्याम्पियनसिपमा नेपाललाई हराएको भारतले ओलम्पिक छनोटमा पनि नेपालमाथि आफ्नो प्रभाव जमाइछाड्यो ।

शनिबारको खेलमा नेपाली खेलाडी पुनम जर्गा मगरको आत्मघाती गोलबाट भारतले अग्रता लिएको थियो । मगरले छैटौँ मिनेटमा आत्मघाती गोल गरेकी थिइन् । त्यसको एक मिनेटमै निरु थापाले गोल गरी खेललाई बराबरीमा पुर्याइन् । पहिलो हाफ बराबरीमै रोकियो ।

तर, खेलको ६०औँ मिनेटमा नेपालप्रति हावी हुँदै भारतले २–१ को अग्रता लियो । पुनः ७८औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै भारतले ३–१ को जित निकाल्यो ।





  • प्रकाशित मिति : चैत २३, २०७५ शनिबार १७:५१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया