आइपिएलमा अलजारीको धमाका
आफ्नाे छैटाैँ विकेट लिएपछि अलजारी ।

एजेन्सी— इन्डियन प्रिमियर लिग (आइपिएल)को १२ औं संस्करणको १९ औं खेल सम्भवत आइपिएल इतिहासमा लेखिने एउटा खेल भएको छ । मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीचको यो खेलमा मुम्बईले हैदराबादलाई ४० रनले पराजित गर्यो । 

टस जितेर बलिङ रोजेको हैदराबादले जम्मा १३७ रनको लक्ष्य पाएको थियो । मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । यो लक्ष्य भेट्टाउन मैदानमा उत्रिएको हैदराबादले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनमा समेटियो । 

र, यो सबका लागि सबैभन्दा राम्रा सावित भए, वेस्ट इन्डिजका बलर अलजारी जोसेफ । जोसेफले ३.४ ओभरमा १२ रन मात्र दिएर ६ विकेट लिए । उनलाई नै खेलको म्यान अफ द म्याच उपाधि पनि दिइयो । आइपिएलको इतिहासमा नै अलजारीको यो प्रदर्शन सबैभन्दा राम्रो हो । यसभन्दा पहिले सोहेल तनवीरले २००८ मा ४ ओभरमा १४ रन दिएर ६ विकेट लिएका थिए । झन्, गज्जबको कुरा त के भने अलजारीको यो खेल आइपिएलमा डेब्यु खेल थियो । 

अलजारीको उत्कृष्ट यो प्रदर्शनसँगै मुम्बईका लागि राहुल चाहरले २, जेसन र जसप्रीत बुमराहले एक एक विकेट लिए । हैदराबादका दीपक हुड्डाले सबैभन्दा बढी २० रन जोडे । वार्नर १५, बेयरस्टो १६, मनीष १६, नबी ११ रनमा समेटिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकका रन लिन सकेनन् ।

त्यसअघि मुम्बईका लागि किरोन पोलार्डले सबेभन्दा बढी ४६ रन बनाएका थिए । उनी खेलमा नटआउट रहे । 





  • प्रकाशित मिति : चैत २४, २०७५ आइतबार १:२३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया