पोखरा– प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँवर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताएका छन् ।
नयाँवर्ष २०७६ को अवसरमा नेपाल महिला संघले गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन पोखरा आइपुगेका सभापति देउवाले पोखराबाट पार्टी एकताको सन्देश जनतामाझ पुग्नुपर्ने बताए । कास्कीमा संसदीय उपनिर्वाचन हुने भएकाले यहाँ पार्टीलाई झन् एकताबद्ध बनाउनुपर्नेमा उनको जोड रह्यो ।
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँवर्षको शुभकामना दिँदै आगामी १० महिनापछि पार्टीको १४औँ महाधिवेशन गरी काँचुली फेनुपर्ने बताए । निर्धारित समयमा महाधिवेशन नभए कांग्रेसलाई अपूरणीय क्षति हुने वरिष्ठ नेता पौडेलको चिन्ता छ ।
नेपाल महिला संघलाई पार्टीको बलियो संगठन बनाउन टोल–टोलमा समिति गठन गर्न उनले आग्रह गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।