सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी नै उजुरी

काठमाडौं– न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीशका लागि प्रस्ताव गरेका पाँच न्यायाधीशविरुद्ध विभिन्न उजुरी परेका छन् । सोमबार संसदीय सुनुवाइ समितिमा उजुरी दिन तोकिएको समयसम्ममा पाँचवटा उजुरी परेका हुन् ।

पाँच उजुरीमध्ये तीन व्यक्तिगत र दुई सैद्धान्तिक विषयमा केन्द्रित छन् । प्रस्तावित पाँच न्यायाधीशमध्ये न्यायाधीशद्वय प्रकाश ढुंगाना र हरिप्रसाद फुँयालविरुद्ध व्यक्तिगत उजुरी परेका हुन् । ढुंगानाविरुद्ध दुईवटा र फुँयालविरुद्ध एउटा उजुरी परेको छ ।

प्रस्तावित न्यायाधीश मनोजकुमार शर्मा, सुष्मलता माथेमा र कुमार रेग्मीविरुद्ध भने कुनै उजुरी परेका छैनन् । ढुंगानाविरुद्ध परेका दुई उजुरीमा उनले उच्च अदालतमा गरेका आदेश त्रुटिपूर्ण रहेको भनिएको छ । अर्को एक उजुरीमा भने बढुवा विवादमा उनले गरेको आदेशबारे प्रश्न उठाइएको छ ।

फुयाँलको नियुक्तिलाई भने ‘राजनीतिक’ सिफरिस भन्दै उनको पेसाको निरन्तरता र योग्यतामा प्रश्न उठाइएको छ । वरिष्ठ अधिवक्ता शम्भु थापासहितले न्यायाधीश नियुक्तिको प्रक्रिया, विधि र मापदण्डमै प्रश्न उठाएका छन् । 





  • प्रकाशित मिति : वैशाख ३, २०७६ मंगलबार १४:४६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया