शिक्षामन्त्रीको प्रतिमा बनाई ज्ञापनपत्र बुझाउने क्रममा नेवि संघका दुई विद्यार्थी पक्राउ

काठमाडौं– नेवि संघलेशिक्षामन्त्रीको प्रतिमा बनाई सो प्रतिमालाई सडकमै ज्ञापन पत्र बुझाएको छ । पोखरा विश्वविद्यालयमा भएको अनियमित भर्ना र विद्यार्थीमा पर्न गएको असरबारे शिक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाउन समय माग गर्दा दुई दिनदेखि मन्त्रीले समय नदिएको भन्दै नेवि संघले मंगलबार सिंहदरबार प्रदेशद्वारमा मन्त्रीको प्रतिमा बनाई सडकमै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउने क्रममा प्रहरीले नेविसंघका नेता सिजन भट्ट र सरोज थापालाई पक्राउ गरेको छ । नेवि संघले दोषी क्याम्पसमाथि कारबाही र पीडितलाई न्याय माग गर्दै आन्दोलन जारी रहने चेतावनी दिएको छ । 

पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै नेवि संघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले रुपन्देही जिल्लालगायत देशभरका क्यापसमा आन्दोलन सशक्त बनाउन आग्रह गरे । 





  • प्रकाशित मिति : वैशाख ३, २०७६ मंगलबार १७:५६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया