आफू नरेन्द्र मोदीविरुद्ध चुनाव लड्न सक्ने प्रियंका गान्धीको घोषणा

एजेन्सी– अहिले भारत लोकसभा निर्वाचनमय भएको छ । यही सन्दर्भमा भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीले पार्टीका अध्यक्ष राहुल गान्धीको निर्देशन आएमा आफू बनारसबाट चुनाव लड्न तयार भएको बताएकी छिन् । यो प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र हो । प्रियंकाले मोदीविरुद्ध निर्वाचन लड्न आफू तयार भएको बताएकी हुन् । 

अहिले प्रियंका वायनाडमा राहुलका लागि प्रचारमा जुटिरहेकी छिन् । राहुल यसपटक वायनाड र उत्तर प्रदेशको अमेठीबाट निर्वाचनमा लड्दै छन् । 

‘कांग्रेस अध्यक्ष वा पार्टीले चाहन्छ भने म चुनाव लड्न तयार छु,’ प्रियंकाले भनेकी छिन्, ‘त्यति मात्र होइन, म मोदीविरुद्ध चुनाव लड्न तयार छु र जित्ने विश्वास पनि लिएकी छु ।’





  • प्रकाशित मिति : वैशाख ८, २०७६ आइतबार २२:२९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया