प्रहरीकाे ‘एक चाैकी–एक सवारीसाधन’ अभियान, ५ सय  मोटरसाइकल वितरण

काठमाडौं– नेपाल प्रहरीले ‘एक प्रहरी चौकी–एक सवारीसाधान’ अभियानलाई तीव्रता दिएकाे छ । अपराध अनुसन्धानलाई सहज बनाउन प्रहरीले यस्ताे अभियान सुरु गरेकाे हाे।

यसअन्तर्गत नेपाल प्रहरीले पहिलाे चरणमा विभिन्न प्रहरी कार्यालयलाई ५ सय  मोटरसाइकल वितरण गरेकाे छ । 

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले यसका लागि थप ३ सय ४० वटा मोटरसाइकल खरिद गरिएको जानकारी दिएका छन् । 

सवारी कारगेड मोटरसाइकल पनि ३० वटा खरिदका लागि सम्झौता भएको पनि उनले जानकारी दिए । पछि स्थापना भएका मानव बेचविबखन र साइबर ब्युरोका लागि आवश्यक उपकरण पनि खरिद गर्ने कार्य भइरहेको उनले बताए ।





  • प्रकाशित मिति : वैशाख १०, २०७६ मंगलबार १२:१५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया