प्रधानमन्त्रीको भनाइमा कांग्रेसको नियमापत्ति, संसद्मा हंगामा

काठमाडौं– प्रधानमन्त्रीको भनाइमा नियमापत्ति जनाउँदै प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले संसद अवरोध गरेका छन् । सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिन संसद्मा उपस्थित भएका प्रधानमन्त्री ओलीले ‘आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरी जवाफ दिन्छु’ भनेपछि संसदमा हंगामा भएको हो । 

सरकारको नीति तथा कार्यक्रममाथि कांग्रेस सांसदहरुले प्रश्न गर्दा ओलीले ‘आक्रोश, कुन्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु’ भन्दै सम्बोधन सुरु गरे । उनको सो भनाइ आएलगत्तै कांग्रेस सांसद मीन विश्वकर्माले नियमापत्ति जनाए ।

विश्वकर्माको नियमापत्तिमा सभामुख कृष्णबहादुर महराले ध्यानाकर्षण भएको बताए । सभामुखको ध्यानाकर्षणपछि रोष्टममा उभिएका प्रधानमन्त्री ओलीले ‘प्रश्नको सीमा र मर्यादा हुन्छ’ भनेर जवाफ फर्काए । 

प्रधानमन्त्रीले रेकर्ड खोलेर सुन्न आग्रह गरे । जवाफमा कांग्रेस सांसदरुले चुनौती दिए । पुनः प्रधानमन्त्रीले प्रश्नको जवाफ चाहिएको छ कि छैन ? भनेर प्रश्न गरे ।

कांग्रेस सांसदको नाराबाजीकै बीच प्रधानमन्त्री ओलीले जवाफ दिइरहे । सभामुख महराले भने न कांग्रेस सांसदलाई थुम्थुम्याउने प्रयास गरे न प्रधानमन्त्रीलाई रोक्न ।





  • प्रकाशित मिति : वैशाख २४, २०७६ मंगलबार १५:५१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया