प्रधानमन्त्री ओली कम्बाेडियामा

काठमाडाैँ – चार दिवसीय भियतनाम भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने भ्रमणका लागि साेमबार कम्बोडिया पुगेका छन् ।

कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा कम्बोडिया पुगेका ओलीलाई नोम पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा कम्बोडियाका वातावरण मन्त्री से अल तथा विदेश मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका सचिव एट सोफियले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले भियतनाम भ्रमणका बेला संयुक्त राष्ट्रसंघको वैशाख दिवस कार्यक्रम तथा अन्य विभिन्न कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

उनले भियतनामका समकक्षीसँग भेट गर्दै व्यापार, सुरक्षाजस्ता महत्वपूर्ण विषयमा भियतनाम र नेपालबीच भएकाे १६ बुँदे सम्झाैतामा हस्ताक्षर गरेका थिए ।

प्रधानमन्त्री ओली जेठ १ गते स्वदेश फर्किने कार्यक्रम रहेकाे छ ।






  • प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार ९:३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया