गुणस्तरहीन औषधि बेच्ने पसलहरुलाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीकाे चेतावनी

काठमाडाैं– सरकारले गुणस्तरहीन औषधि विक्रीवितरण गर्ने औषधि पसलहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै गुणस्तरहित औषधि विक्री वितरण गर्ने औषधि पसलहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएका हुन्।

उनले चिस्यानमा नराखिएको औषधि विक्री वितरणमा पनि प्रतिबन्ध लगाउने बताए।

यादवले चिकित्सकहरूको ‘प्रेसक्रिप्सन’ बिना औषधि विक्री वितरण गर्न नपाउने गरी सबै औषधि पसलहरूमा सरकारले कडा निगरानी राख्ने योजना पनि अघि सारेकाे बताए।

 





  • प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार १४:२३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया