आथिर्क वर्ष २०७६/७७ को बजेटमा सांसद् कमला रोकाका माग

मेरो निर्वाचन क्षेत्र रूकुम(पूर्व)–१ हो । आगामी बजेटमा मैले पूर्वाधार विकासमा जोड दिंदै बजेटको माग गरेको छु । यातायात, खानेपानी, शिक्षा, स्वास्थ्य, उद्योग स्थापना गर्न बजेट माग गरेको छु ।

कोइलाबासबाट रुकुमपूर्व, डोल्पा हुँदै चाइनासम्म अन्तरदेशीय सडकका लागि बजेट माग गरेकी छु । मेरो क्षेत्रको साविकका ४÷५ गाविसमा यातायात पुगेको छैन । यसका लागि विशेष पहल गरेकी छु । 

रुकुमपूर्व नयाँ जिल्ला पनि हो । यहाँ विशेष गरेर बजेट पारिदिनका लागि अर्थमन्त्रीलाई भेटेर भनेको छु । कृषिमा अर्गानिक योजनालाई ध्यान दिनुप¥यो भनेर बजेट माग गरेकी छु । 

प्राविधिक शिक्षालाई जोड गर्दे सामुदायिक शिक्षालाई गुणस्तरीय बनाउने कार्यक्रम, प्राविधिक शिक्षाका लागि भौतिक संरचनाको निर्माण लगायत प्रत्येक गाउँपालिकामा उद्योग स्थापनाका लागि पूर्वाधार तयार गर्न बजेट माग गरेकी छु ।  
 





  • प्रकाशित मिति : जेठ २, २०७६ बिहीबार १६:०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया