दुबईमा विमान दुर्घटना, चारकाे मृत्यु

दुबई– दुबईमा एउटा सानाे विमान दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे छ । डीए ४२ विमान दुबई अन्तराष्ट्रिय विमानस्थलबाट तीन माइल दक्षिणतर्फ दुर्घटना हुँदा तीन बेलायती र एक दक्षिण अफ्रिकी नागरिककाे मृत्यु भएकाे युएईका अधिकारीहरूले बताएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार सो विमान बिहीवार साँझ ७:३० बजेतिर दुर्घटनामा परेकाे थियाे ।  विमान दुर्घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल करिब ४५ मिनेट बन्द भएको थियो।

दुर्घटनाबारे अध्ययन सुरु गरिएकाे यूएईको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

उक्त विमान वेस्ट ससेक्सस्थित शरम विमानस्थलबाट सञ्चालित फ्लाइट क्यालिब्रेशन सर्भिसेज नामक कम्पनीको स्वामित्वमा रहेको थियाे ।

 





  • प्रकाशित मिति : जेठ ३, २०७६ शुक्रबार ११:७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया