Sun, 12 Jul, 2020


जातिवाद, परिवारवाद र तुष्टीकरणविरुद्ध राष्ट्रवादको जित – अमित शाह
फरकधार / जेठ ९, २०७६

नयाँ दिल्ली– लोकसभा निर्वाचनको मतगणना चल्दै गर्दा आफ्नो पार्टीको भारी अग्रता देखिएपछि भाजपा अध्यक्ष अमित शाहले निर्वाचनमा दुष्प्रचार र झुटको हार भएको उल्लेख गरेका छन् ।



भाजपाविरुद्ध एकजुट भएका कांग्रेसलगायत विपक्षी दलले चुनाव हार्नुको मुख्य कारण दुष्प्रचार, झुठ, व्यक्तिगत अपेक्षा र आधारहीन राजनीति भएको उनको टिप्पणी छ ।

भाजपा अध्यक्ष शाहले यो विजयलाई जातिवाद, परिवारवाद र तुष्टीकरणविरुद्ध राष्ट्रवादको जितको रुपमा अर्थ्याएका छन् । आज दिउँसो ट्विट गर्दै अध्यक्ष शाहले लेखेका छन्, ‘यो जनादेशमार्फत भारतीय जनताले जातिवाद, परिवारवाद र तुष्टीकरणलाई उखेलेर फ्याँकेका छन्, र राष्ट्रवादलाई चुनेका छन् ।’


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्