सगरमाथा चढेर फर्किएका आरोहीबाट अवैध ‘पत्थर’ बरामद

काठमाडौं– नेपाल प्रहरीले सगरमाथा आरोहणबाट फर्किएका आरोहीबाट अवैध ‘पत्थर’ बरामद गरेको छ । सगरमाथा क्षेत्रमा भेटिएको सो पत्थर प्रहरीले त्रिभुवन विमानस्थलबाट बरामद गरेको हो ।

एक विदेशी नागरिकसिहत नेपाली आरोही पेम्बा दोर्जे शेर्पाले ल्याएको सो पत्थर बरामद गरी वन विभागका अधिकारीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

उनीहरू आइतबार बिहान  हेलिकप्टरमार्फत त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । उनीहरु बाहिरिने क्रममा चेकजाँच हुँदा सो पत्थर फेला परेको थियो । 





  • प्रकाशित मिति : जेठ १२, २०७६ आइतबार १४:५१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया