आजबाट ताताेपानी नाका खुल्याे

सिन्धुपाल्चोक – ०७२ काे भूकम्पपछि चारवर्षसम्म बन्द भएकाे ताताेपानी नाका मंगलबारबाट संञ्चालनमा आएकाे छ । आज बिहान ४ वटा खाली कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका खुलेकाे हाे ।

सोमबार दश जना लोडर र कन्टेनरलाई नाकाकाे पास दिइए पनि चीन पक्षबाट सहमतिको खबर आएपछि नाका सञ्चालन गरिएकाे भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए ।

नेपाल–चीन जोड्ने मितेरी पुल निर्माण अझै नसकिएकाले अस्थायी चल्तीमा ल्याइएको पुलमुनिको कच्ची सडक हुँदै खाली कन्टेनर गएका हुन् । बुधवार चार वटा कन्टेनर ऊन लिएर नेपालमा नाका खुलेको संकेत दिँदै सो सामाग्री राजधानी पुर्‍याइनेछ ।

नेपालतर्फ नयाँ भवन नबनेका कारण अध्यागमन, भन्सार चेकपोष्ट र सीमा सुरक्षाको कार्यालय मितेरी पुल नजिकै रहनुपर्ने कारणले पुरानै भवन प्रयोगमा ल्याइनेछ । 

नाकाबाट बर्सेनी १५ हजारभन्दा बढी पर्यटक नेपाल–चीन आउनेजाने गर्थे । वर्षेनी २० अर्बको आयात र ३ अर्बको निर्यात हुने नाकामा बल्ल चहलपहल सुरु हुन थालेको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए । 





  • प्रकाशित मिति : जेठ १४, २०७६ मंगलबार ९:४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया