विश्वसम्पदामा सूचीमा रहेका सम्पदाको संरक्षण र संवर्द्धन गरिने

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले विश्वसम्पदामा सूचीमा रहेको सम्पदाको संरक्षण र संवद्र्धन गरिने बताएका छन् । आर्थिक वर्ष ०७६–०७७को बजेट प्रस्तुत गर्दै उनले लोपोन्मुख भाषाको संरक्षण गर्नका लागि बजेट छुट्याइएको बताए । 

काठमाडौं उपत्यकाभित्रको मौलिक संस्कृति, परम्परा अवलोकन गर्न, कीर्तिपुरस्थित संंग्रहालयलाई नेपाल भाषा संस्कृति, रीतिरिवाज र रहनसहन झल्काउने गरी राष्ट्रिय सांस्कृतिक संग्रहालयको रुपमा विकास गर्न पूर्वाधार निर्माणका लागि रकम छुट्याएको उनले बताए ।
 
लुम्बिनी क्षेत्रको विकासका कार्यलाई निरन्तरता दिन १ अर्ब विनियोजन गरिएको छ । अर्थमन्त्रीले पशुपति क्षेत्रको विकासका लागि ३५ करोड छुट्याएका छन् । विभिन्न धार्मिक स्थलको विकासका लागि गुरुयोजना तय गरी विकास गर्न रकम छुट्याएको उनले बताए ।
 





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १७:५९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया