जब बाबुआमाले नवजात शिशुलाई ट्याक्सीमै छोडे...

एजेन्सी– जर्मनीको एउटा सहर ह्याम्बर्गमा एउटा जोडी दोस्रो पटक बाबुआमा बन्दा कति उत्साहित भयो भने उनीहरुले अस्पतालबाट घर फर्किँदा आफ्नो नवजात शिशुलाई ट्याक्सीमा नै छोड्यो । यो कुरालाई जब त्यहाँको प्रहरी कार्यालयले आफ्नो सामाजिक सन्जालमा राख्यो, यसले निकै ठूलो चर्चा बटुल्यो । 

त्यो सामाजिक सन्जालमा गरिएको पोस्टअनुसार दुवै जना आफ्ना बच्चा जन्मिएकोमा निकै खुसी भएको थियो । यति धेरै खुसी कि दुवैले अस्पतालबाट घर जाँदा ट्याक्सीमा नै बच्चा छाडे । उनीहरु घरको गेटमा पुग्दा थाहा त पाएका थिए कि उनीहरुले केही छुटाएका छन् । तर, त्यति बेला ट्याक्सी त्यहाँबाट गइसकेको थियो । 

अनि कुनै उपाय नभएपछि उनीहरुले बच्चा खोजिदिन प्रहरीलाई खबर गरे । 

अर्कोतिर ट्याक्सी चालकलाई पनि आफ्नो पछाडिको सिटमा एउटा बच्चा भएको थाहा भएन । ट्याक्सी चालक त्यहाँबाट दोस्रो प्यासेन्जर लिन विमानस्थल पुगेका थिए । त्यसपछि मात्र उनले त्यहाँ बच्चा रहेको थाहा पाए । अनि उनले प्रहरीलाई खबर गरेर बच्चाका बाबुआमालाई बच्चा पुर्याइदिए । 





  • प्रकाशित मिति : जेठ १७, २०७६ शुक्रबार ११:३४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया