अमेरिकाकाे भिसा निवेदनमा सामाजिक सञ्जालकाे विवरण पनि पेश गर्नुपर्ने

काठमाडौं– अब अमेरिका जानका लागि सामाजिक सञ्जालकाे पाँच वर्षकाे विवरण पनि पेश गर्नु पर्ने भएकाे छ । अमेरिकाकाे नयाँ नियमअनुसार अमेरिका जान चाहने जाेसुकैले पनि भिसा निवेदनसँगै सामाजिक सञ्जालकाे विवरण पेश गर्नुपर्ने भएकाे हाे । 

विश्वका जुनसुकै मुलकबाट अमेरिका जाने आप्रवासी तथा शरणार्थीबाट राज्यलाई हुनसक्ने खतराबाट बच्न भन्दै डोनाल्ड ट्रम्प प्रशासनले अमेरिका प्रवेशाज्ञा माग गर्ने सबै निवेदकको फोन नम्बर, इमेल ठेगाना र सामाजिक सञ्जाल प्रयोगको पाँच वर्षको विवरण माग गर्ने भएको हो ।

अमेरिकाले उच्च सुरक्षाका लागि भन्दै यस्ताे नियम लागू गरेकाे हाे । 

संघीय दर्ता नाम गरेको एक कागजातमा शुक्रबार उक्त बिषयबारे जानकारी गराइएको छ ।

भिषा निवेदकलाई कूनै देशबाट कहिल्यै देश निकाला गरिएको थियो वा थिएन भनेर सोधिनेछ अनि कुनै नातागोता आतंकवादी गतिविधिमा संलग्न भए वा नभएको जानकारी दिन भनिनेछ । प्रस्तावमा समेटिएका समाजिक सञ्जालहरूमा अमेरिका मुख्यालय भएका इन्स्टाग्राम, लिन्कड्इन, रेडिट र युट्युब छन् ।

नागरिकको गोपनियता मामिलाबारे काम गर्दै आएका समूहहरूले यो नीतिलाई गोपनीयतामाथिको अतिक्रमण भन्दै यसले अभिव्यक्ति स्वतन्त्रतामा क्षति र्पुयाउने भन्दै निन्दा गरेका छन् ।



ट्रम्प प्रशासनले यो निर्णयका लागि सन २०१८ मा प्रस्ताव पेश गरेको थियो जसका कारण वार्षिक १ करोड ४७ लाख मानिस प्रभावित हुने जनाइएको थियो ।



  • प्रकाशित मिति : जेठ १९, २०७६ आइतबार १३:२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया