वृहस्पति विद्या सदनको आह्वानमा ६० जनाले गरे रक्तदान

काठमाडौं– नक्सालस्थित वृहस्पति विद्या सदनले चौंथोपटक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

दीगो विकासको लक्ष्यमध्ये तेस्रो नम्बरमा रहेको राम्रो स्वास्थ्य र भलाइ बुँदामा आधारित भएर विद्यालयले रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी र नेपाल प्रहरीले सहयोग गरेका थिए । 

विद्यालयका कक्षा ११ र १२ का विद्यार्थी, आसपासका विद्यालयका विद्यार्थी, शिक्षक, विद्यालयका कर्मचारी र अभिभावक गरी ६० जनाले रक्तदान गरेको विद्यालयकी शिक्षिका एवं सचार संयोजक डोल्मा लामाले जानकारी दिइन् । 

यसअघि पनि वृहस्पति विद्या सदनले सरसफाइ, रक्तदानजस्ता सामाजिक काम गर्दै आएको छ । आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने विद्यालयले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ २८, २०७६ मंगलबार १८:५२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया