लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल खारेज गर्न राजपा सांसदको माग

काठमाडौं– लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि खुलाइएको विज्ञापन तत्काल खारेज गर्न राष्ट्रिय जनता पार्टी, नेपालले दबाब दिएको छ । 

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राजपा सांसद अनिलकुमार झाले सो विज्ञापन तत्काल नगरे सरकार, देश, व्यवस्था र मुलुकलाई फाइदा नगर्ने बताए । सो विज्ञापन समावेशी सिद्धान्तका आधारमा पुनः खुलाउनुपर्ने माग राखे ।  

यसका लागि आवश्यक प्रबन्ध मिलाउन सरकारलाई आग्रह गर्दै नेता झाले संविधानले जनजाति, दलित, मधेशी, महिला, पीछडिएका क्षेत्रलाई आरक्षणको व्यवस्था गरे पनि त्यसअनुसार विज्ञापन नखुलाइएकाले विरोध गर्नुपरेको बताए । 

राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन खारेज गर्न दिएको निर्देशन स्मरण गराउँदै झाले विज्ञापन खारेज गर्न पहल नगरेर सरकारले बालहठ देखाएको आरोप लगाए । 





  • प्रकाशित मिति : जेठ २९, २०७६ बुधबार १५:१५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया