त्रिवि सेवा आयोगमा विद्यार्थी संगठनकाे तालाबन्दी

काठमाडौं– कर्मचारी नियुक्तिका लागि लिएको परीक्षामा धाँधली भएको आरोप लगाउँदै आन्दोलनरत विद्यार्थी संगठन अखिल क्रान्तिकारीले   त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ । सो संगठन मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी) निकट विद्यार्थी संगठन हो । 

उनीहरू झन्डै एक महिनायता रिले अनशन बस्दै आएका थिए । कर्मचारी नियुक्तिका लागि लिएको परीक्षामा पदाधिकारीले धाँधली गरी आफन्तलाई उत्तीर्ण गराएको उनीहरूले आरोप लगाउँदै आएका छन् । 

अखिल क्रान्तिकारीले कर्मचारी नियुक्ति खारेजीको माग गर्दै सोमबार बिहान आयोगको मूल गेटमा नै तालाबन्दी गरेको हो । सेवा आयोगले लिएको परीक्षामा आयोगका पदाधिकारीले नातेदारलाई मात्रै उत्तीर्ण गराएको सो संगठनले दाबी गरेको छ । 





  • प्रकाशित मिति : असार २, २०७६ साेमबार १६:३३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया