काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ पत्रकार सम्मेलन गर्ने भएका छन् ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधका कारण संसदमा सम्बोधन गर्न नपाएपछि उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको पत्रकार सम्मेलन साँझ ५ बजेका लागि तय गरिएको छ ।
प्रधानमन्त्री ओली आफ्नो युरोप भ्रमण र गुठी विधेयकलगायत विषयमा सदनलाई जानकारी दिन संसदमा उपस्थित भएक थिए ।
तर, कांग्रेसको अवरोधका कारण आफूले ती विषयमा जजानकारी गराउन नपाएको भन्दै दुःख व्यक्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।