निर्णयविना सकियाे नेकपा सचिवालय बैठक

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक कुनै निर्णय नलिइ स्थगित भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सचिवालयमा विभिन्न विषयमा जानकारी गराएका थिए । 

‘जानकारी लिने र दिने काम भयो,’ नेकपाका नेता वामदेव गौतमले भनेका छन्, ‘कुनै निर्णय भएन ।’ 

उनले नेकपाको बाँकी एकताका काम अब छिट्टै सम्पन्न गर्ने निष्कर्ष निकालिएको पनि बताए । 





  • प्रकाशित मिति : असार ७, २०७६ शनिबार १९:३०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया