अमेरिकाकाे लागि सबैभन्दा ठूलाे खतरा चीन– अमेरिकी शीर्ष जनरल

वासिंगटन– एक अमेरिकी शीर्ष जनरलले आउने लामो समयमा चीनले अमेरिकाको राष्ट्रिय सुरक्षामाथि सबैभन्दा गम्भीर खतरा पैदा गर्ने प्रक्षेपण गरेका छन् ।

जोइन्ट चिफ्स अफ स्टाफको अध्यक्षमा आफ्नो नामको पुष्टिसम्बन्धी सुनुवाइका क्रममा जनरल मार्क ए मिल्लेले भने, ‘मलाई लाग्छ कि चीन आगामी ५० देखि १०० वर्षमा अमेरिकी राष्ट्रिय सुरक्षाको लागि ठूलो चुनौती बन्नेछ ।’

सिनेटर डेभिड परड्युको एक प्रश्नमा जनरल मिल्लेले आफ्नो राष्ट्रिय सुरक्षा हित हासिल गर्नका लागि चीन व्यापारको प्रयोग गरिरहेको र ‘वन बेल्ट वन रोड’ पहल त्यसैको हिस्सा रहेको बताए । उनको भनाइमा चीनले विश्वको सबै क्षेत्रमा आफ्नो विस्तार गरेको छ र ऊ अमेरिकाको स्पष्ट प्रतिद्वन्द्वी हो । 

एक अर्को सवालमा मिल्लेले भने, ‘आक्रामक चीनका कारण सबै देश भयभीत भएका छन् र उनीहरु त्यहाँ अमेरिकालाई चाहन्छन् ।’ यद्यपि, उनले चीनलाई अमेरिकाको दुश्मन नभई प्रतिद्वन्द्वीका रुपमा हेर्नुपर्ने बताएका छन् ।





  • प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार १५:३५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया