एउटै भिडियोमा सलमान, साहरुख, आमिर !

एजेन्सी– बलिउडका तीन खान आमिर, सलमान र साहरुखलाई एउटै फिल्ममा काम गर्ने चाहना होस् या नहोस्, उनीहरुका फ्यानहरुलाई यस्तो भएमा सबैभन्दा ठूलो खुसी मिल्ने निश्चित छ । 

यी तीनले एकैपटकमा एउटै फिल्ममा आजसम्म काम गरेका छैनन् । तर, अब यी तीनलाई एउटै स्क्रिनमा देखिने सम्भावना बढेको छ । 

तर, यो कुनै बलिउड फिल्मका लागि होइन । यो त प्रधानमन्त्री नरेन्द्र मोदीको आइडिया हो । उनले यी तीनै खानलाई एउटा भिडियोमा खेलाउने योजना बनाएका छन् ।

मोदीको यो भिडियो एउटा अभियानका लागि बन्ने भिडियो हो । उनले पानीको हिफाजत गरौँ, नियन्त्रण गरेर खर्च गरौँ, वर्षाको पानी सन्चयन गरौँ भन्ने सन्देश दिने भिडियो बनाउन लागेका हुन् । 

अहिलेसम्म यसका लागि आमिर खान तयार भइसकेका छन् । तर, साहरुख र सलमानले पनि यो भिडियोमा अवश्य काम गर्ने अनुमान भएको छ ।





  • प्रकाशित मिति : असार २८, २०७६ शनिबार १९:५४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया