उकालो लाग्यो नेप्से

काठमाडौं– सामान्य अवस्थामा रहेको धितोपत्र बजारमा सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५.०८ बिन्दुले बढेर एक हजार २५४.५६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.७१ बिन्दुले बढेर २७०.२८ बिन्दुमा पुगेको छ । 

नेप्से परिसूचक बढे पनि अपेक्षाकृत रूपमा कारोबार रकममा भने वृद्धि भएन । कुल १ सय ७० कम्पनीको २९ लाख ७३ हजार ८ सय ४३ कित्ता सेयर ४३ करोड पाँच लाख २५ हजार ८ सय ४३ मूल्यमा खरिद–बिक्री भए । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार कारोबार भएका ११ उपसमूहकै सेयर उकालो लागेको छ ।

बैंकिङ २.७६, होटल २४.२५, विकास बैंक ३.७, जलविद्युत् १४.८३, वित्त २.९५, निर्जीवन बिमा १५.६५, उत्पादन ३२६.६९, अन्य ३.२६, लघुवित्त ४.७१, जीवन बिमा २०.५५ र सामूहिक लगानी कोष ०.१३ बिन्दुले बढेको छ । 

कारोबारका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रह्यो । सो बैंकको पाँच करोड २१ लाख ९१ हजार ९ सय ४५ बराबरको कारोबार भयो । यस्तै, शिवम् सिमेन्ट तीन करोड ५९ लाख ६ हजार ६ सय २५, नेपाल लाइफ इन्सुरेन्स कम्पनी दुई करोड ५४ लाख २८ हजार ४ सय १८, नबिल बैंक दुई करोड ४८ लाख ४४ हजार ८ सय ३, नेपाल लाइफ इन्सुरेन्स कम्पनी दुई करोड ३३ लाख ९२ हजार ७ सय २४ र एनआइसिएसिया बैंक दुई करोड ६ लाख २५ हजार ७ सय ८५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार स्वदेशी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले पाँच प्रतिशतले कमाए । यस्तै एनआइसी एसिया ग्रोथ फन्ड ४.८१, रैराङ हाइड्रोपावर ४.६३, रिलायन्स फाइनान्स ४.१३, एनआइबिएल प्रगति फन्ड ४, गुराँस लघुवित्त वित्तीय संस्थाले सेयरधनीले ३.९० प्रतिशतले कमाए । 

त्यस्तै नबिल बैंक ३.१५, मल्टिपर्पोज फाइनान्स कम्पनी २.४५, घलेम्दी हाइड्रोपावर २.२९, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था २, सिर्जना फाइनान्स १.९१ प्रतिशतले गुमाए । 
 





  • प्रकाशित मिति : असार ३०, २०७६ साेमबार १६:४३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया