टी–२० विश्वकपको एसियाली छनोटअन्तर्गत बुधबार भएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर भेट्ट्यायो ।
वर्षाका कारण ९ ओभरमा सिमित गरिएको खेलमा मलेसियाले ७ ओभर गुमाएर ८३ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३ विकेट गुमाउँदै यो लक्ष्य भेट्ट्याएको थियो ।
नेपालको जितका लागि नेपालको यो खेलमा कप्तानी गरिरहेका ज्ञानेन्द्र मल्लको अर्धशतक निकै महत्वपूर्ण रह्यो ।
नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । उनले २ ओभरमा २१ रन दिए । त्यस्तै, वसन्त रेग्मीले २, सन्दीप लामिछाने र करण कसीले १–१ विकेट लिए ।
यो खेल जितेपछि नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो भएको छ ।
मलेसियासँगको खेलमा नेपालका कप्तान पारस खड्का चोटका कारण मैदानबाहिर थिए ।
अब नेपालले यो प्रतियोगितामा कुवेत र सिंगापुरसँग खेल्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।