हेमाको उजुरीपछि छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं– जेठी श्रीमती हेमा ओझाको उजुरीपछि निर्माता छविराज ओझा र उनकी कान्छी श्रीमती नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

उनीहरूविरुद्ध बहुविवाहसम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले पुर्जी जारी गर्दै प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुले पुर्जी जारी भएको पुष्टि गरेको छ । 

हेमा ओझाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको र अहिले दुवैको खोजी भइरहेको प्रहरीको भनाइ छ ।





  • प्रकाशित मिति : साउन ८, २०७६ बुधबार १७:३६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया