साउदी अरबः अब विदेश यात्रा गर्न महिलाले पुरुष अभिभावकलाई सोध्न नपर्ने

एजेन्सी– साउदी अरबका महिलाले अब कुनै पनि पुरुष अभिभावकलाई नसोधी विदेश यात्रा गर्न पाउने भएका छन् । साउदीमा शुक्रबार आएको एक विधेयकका कारण यो सम्भव हुन लागेको हो । 

जारी गरिएको नयाँ नियमअनुसार २१ वर्षभन्दा माथिका महिलाले कुनै पुरुष अभिभावकको सहमति नलिइ पासपोर्ट बनाउन सक्नेछन् । उनीहरुले अब विदेश जानका लागि पनि घरका पुरुष सदस्यको मन्जुरी लिनु पर्दैन । अब यो विषयमा महिला र पुरुषबीच कुनै भेदभाव नहुने बताइएको छ । 

साउदीको शाही आदेशका अनुसार अब महिलालो आफ्ना बच्चाको जन्म, आफ्नो विवाह वा सम्बन्धविच्छेदबारे पनि दर्ता गर्न पाउने भएका छन् । 

त्यस्तै, अब साउदी अरबमा जागिरका लागि महिलालाई प्राथमिकता दिने पनि बताइएको छ । नयाँ नियमका अनुसार देशका सबै नागरिकलाई कुनै भेदभाव नगरी काममा लिनु पर्ने भएको छ ।

यसअघिसम्म साउदी अरबमा महिलाले विदेश यात्रा गर्न, पासपोर्ट बनाउन पुरुष अभिभावक (पति, पिता वा अन्य पुरुष नातेदार)को अनुमति लिनु पर्ने हुन्थ्यो । 

त्यसो त यसअघि साउदीका शासक राजकुमार मोहम्मद बिन सलमानले अरु केही सुधारका कार्यक्रम पनि घोषणा गरेका थिए । उनले महिलाले गाडी चलाउन नपाउने प्रतिबन्ध हटाएका थिए ।



सन् २०१६ मा उनले सन् २०३० सम्म देशको अर्थतन्त्र सुधार गर्ने योजना पनि घोषणा गरेका थिए । यसको उद्देश्य काम गर्ने महिलाको प्रतिशत २२ बाट बढाएर ३० पुर्याउने थियो ।



  • प्रकाशित मिति : साउन १७, २०७६ शुक्रबार १२:३९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया