हामी कांग्रेस र कम्युनिस्टका भाइ पार्टी होइनौं– कमल थापा

काठमाडौ‌ं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टी कांग्रेस र कम्युनिस्टहरुको भाइ पार्टी नभएको बताएका छन् । 

‘जुन बाटोमा कांग्रेस र कम्युनिस्टले तेह्र वर्षदेखि मुलुकलाई हिँडाइराखेका छन्, त्यो बाटो गलत छ भनेर त्यसको विकल्पमा फरक विचार बोकेर खडा भएको पार्टी,’ शनिबार पार्टीको विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने, ‘हामी कांग्रेस र कम्युनिस्टका भाइ पार्टी होइनौं ।’ 

आफूलाई प्रमुख भन्ने ठूला पार्टीहरूले आन्दोलन गर्दा र चुनाव लड्दा विदेशीको पैसा लिने गरेको भन्दै अध्यक्ष थापाले विदेशीको पैसा लिने पार्टीले स्वाभीमानपूर्वक काम गर्न नसक्ने टिप्पणी गरे । 

मुलुकमा देखिएको समस्या समाधानका लागि नेतृत्व नभई व्यवस्था नै परिर्वतन गर्नुपर्ने उनले तर्क गरे । प्रमुख दलहरूले मुलुकलाई तेह्र वर्षदेखि गलत बाटोमा हिँडाइरहेकाले ‘बाटो नै गलत भएपछि ड्राइभर परिर्वतन गरेर मात्रै गन्तव्यमा पुग्न नसकिने’ उनको तर्क छ ।

राष्ट्र निर्माणको वैकल्पिक विचार र मार्गचित्र राप्रपासँग रहेको दाबी गर्दै अध्यक्ष थापाले धर्म, संस्कृति, परम्परा र इतिहासको रक्षा गर्नुपर्नेमा जोड दिए । सर्वत्र मौलाउँदै गइरहेको भ्रष्टाचार, नातावाद र कृपावादको प्रतिकारका लागि संगठन सुदृढ बनाउँदै तयारी अवस्थामा रहन उनले विद्यार्थी संगठनलाई निर्देशन दिए ।





  • प्रकाशित मिति : साउन १८, २०७६ शनिबार २१:२६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया