प्रधानमन्त्रीको सिंगापुर यात्रा : हवाई भाडा सरकारको उपचार खर्च निजी

काठमाडौं– सरकारले प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर उपचार गर्न जाँदा र आउँदाको हवाई भाडा मात्रै बेहोर्ने भएको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमाबोल्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सो जानकारी गराएका हुन् । 

प्रवक्ता बाँस्कोटाका अनुसार सिंगापुरमा गराएको उपचार खर्च भने प्रधानमन्त्री ओलीले आफैँ व्यहोर्ने छन् । बाँस्कोटाले भने, ‘आउने जाने प्लेन खर्च सरकारले बेहोर्छ। प्रधानमन्त्रीसँगै जाने कर्मचारीको टिएडिए हुँदैन ।’

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई बालुवामा पानी खन्याएको रुपमा नबुझ्न आग्रह गर्दै सो रकम फजुल खर्च नभएको दाबी गरे । 

बेरोजगारलाई कम्तीमा १०० दिनको लागि रोजगारी दिने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन भएको बताउँदै उनले बाँदर लाग्ने ठाउँमा बसाइँ सर्न बाध्य भएका नागरिकलाई राहत दिन स्थानीय निकायले बाँदर धपाउन पनि खर्च भएको स्वीकार गरे ।

वाइडबडी प्रकरणमा अख्तियारले छानविन सुरु गरेपछि एउटै विषयमा धेरै निकायले छानबिन गर्दा गन्जागोल हुने ठानेर सरकारले छानबिन रोको उनको भनाइ थियो । 

नेकपा विप्लव समूहप्रति भने सरकार झनै कठोर बनेको संकेत प्रवक्ता बाँस्कोटाले गरे । हिँसा नछाडे विप्लवसँग वार्ता नहुने उल्लेख गर्दै उनले भने, ‘विप्लवले निद्रामा देखेको क्रान्तिको रुमानी सपना पूरा हुँदैन । हिंसा नछाडेपछि पुर्जा काटिन्छ । बन्दुक हिजो पनि हारेको हो आज पनि हार्छ ।’



मन्त्रिपरिषद्का १९ निर्णय यस्ता छन् :



 

  • प्रकाशित मिति : साउन १९, २०७६ आइतबार १७:८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया