बझाङ– बझाङको थलारा गाउँपालिकामा एक महिलाको घाँटी रेटेर गहना लुटिएको छ ।
थलारा गाउँपालिका वडा नम्बर पाँचमा घर भएकी विमला खातीको सोमबार साँझ घाँट रेटेर गहना लुटिएको हो । उनी साँझमा माइतीबाट आफ्नो घर फर्किँदै थिइन् । शिलाकोट भन्ने ठाउँमा उनीमाथि लुटपाट भएको हो ।
उनले लगाएका सबै गहना तथा उनीसँग भएको नगद पनि लुटेराले लुटेका छन् । घाँटी, नाक र कानमा गहिरो चोट लागेकी उनलाई उपचारका लागि नेपालगन्ज पुर्याइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।