काठमाडौं– नेकपाको धुम्बाराहीस्थित कार्यालयको विषय संसद्मा उठेको छ ।
सार्वजनिक जग्गामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको कार्यालय सञ्चालन भइरहेको खबर बहिरिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा सो विषय उठाएको हो ।
मंगलबार संसद्मा बोल्दै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सत्तापक्षलाई चैन अरुलाई ऐन लागू गरिएको भन्दै विरोध जनाइन् । नेकपाको धुम्बाराहीस्थित पार्टी कार्यालय सार्वजनिक जग्गामा रहेको समाचार मंगलबार प्रकाशित भएको थियो ।
भूकम्पका कारण तत्कालीन एमालेको बल्खुस्थित कार्यालय धुम्बाराहीस्थित पासाङल्हामु प्रतिष्ठानको भवनमा सरेको छ । ततकालीन एमालेले सो कार्यालय भाडामा सञ्चालन गर्दै आएको थियो । अहिले नेकपा गठन भएपछि पेरिसडाँडामा रहेको माओवादी कार्यालय र धुम्बाराहीको कार्यालय दुवै सञ्चालनमा छन् ।
कुनै पनि संस्थाले सरकारसँग लिजमा लिएको जग्गा तेस्रो पक्षलाई उपलब्ध गराउन नपाउने व्यवस्था सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनीतिमा उल्लेख छ । भुसालले नियम कानुन मिचेर नेकपाले पार्टी कार्यालय सञ्चालन गरेको भन्दै सभामुखलाई त्यसबारे चिन्ता गर्न आग्रह गरेकी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।