एजेन्सी– भारतकी पूर्वविदेशमन्त्री तथा भारतीय जनता पार्टीकी वरिष्ठ नेता सुषमा स्वराजको निधन भएको छ । हृदयघात भएपछि उनलाई दिल्लीको एम्स अस्पतालमा उपचारका लागि लगिएको थियो ।
नरेन्द्र मोदीको पहिलो कार्यकालमा विदेशमन्त्री बनेकी सुष्माले यसपटक निर्वाचनमा लडेकी थिइनन् । उनले निर्वाचनमा नलड्ने घोषणा गरेसँगै उनका पतिले भनेका थिए, ‘एउटा यस्तो समय आउँछ जब मिल्खा सिंहले पनि दौडन छोडेका छन्, सुस्मा त ४१ वर्षदेखि चुनाव लडेकी छिन् ।’
६७ वर्षकी सुस्मा राजनीतिमा २५ वर्षमा नै आएकी थिइन् । लालकृष्ण आडवाणीबाट प्रभावित सुस्मा भारतमा विदेश मन्त्रालयको जिम्मेवारीमा आउने दोस्रो महिला थिइन् ।
सुस्माको निधनले भारतीय राजनीतिमा ठूलो क्षति पुगेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अन्य नेताहरुले ट्विटरको माध्यमबाट सुस्माको निधनमा दुःख प्रकट गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।