काठमाडौं– नेपाली कांग्रेसले सहमतिका आधारमा २० भदौभित्र अन्तरिम संरचना बनाइसक्ने निर्देशिका पारित गरेको छ ।
आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अन्तरिम संरचना निर्माणबारे निर्देशिका पारित गरेको हो । यही बैठकले संरचना निर्माणका क्रममा गोलाप्रथाबाट नेतृत्व चयन हुने निर्णय गरेको छ ।
कांग्रेसले संघीय निर्वाचन क्षेत्रको क्षेत्रीय समिति, प्रदेश निर्वाचन क्षेत्रीय समिति, स्थानीय तह र वडा तहमा अन्तरिम संरचना बनाउनुपर्छ ।
यसका साथै कांग्रेसले २४ भदौबाट दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गर्ने पनि निर्णय गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।