कश्मिरमाथि संयुक्त राष्ट्रसंघको आपतकालीन बैठक

एजेन्सी– भारत प्रशासित कश्मिरको विशेष दर्जा भारतले फिर्ता लिएपछि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् शुक्रबार बस्ने भएको छ । आज बस्ने भनिएको यो बैठक आपत्कालीन भएको र बन्द कोठामा हुने जनाइएको छ ।

न्युज एजेन्सी एएफपीलाई कुटनीतिज्ञहरुले दिएको जानकारी अनुसार सुरक्षा परिषद् बैठक केवल यो विषयका लागि बस्न लागेको हो ।  

अर्कोतिर विवादित क्षेत्र कश्मीरलाई दुई भागमा बाँड्ने रेखामा भारत तथा पाकिस्तानका सेनाबीच चर्को गोलीबारी भएको छ ।

पाकिस्तानले पहिले त्यहाँ भारतीय सेनाले गोली चलाएको र आफ्ना तीन सैनिक मारिएको बताएको छ । पाकिस्तानले पाँच भारतीय सेना मारिएको पनि दाबी गरेको छ । तर, यो दाबीलाई भारतले अस्वीकार गरिदिएको छ । 

भारत प्रशासित कश्मिरको विशेष दर्जा समाप्त गरेपछि दुई देशबीच तनाव बढेको छ ।





  • प्रकाशित मिति : साउन ३१, २०७६ शुक्रबार ९:५५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया