नक्कली बैंक ग्यारेन्टीमा मुछिएका कर्णाली प्रदेशका मन्त्री बर्खास्त

काठमाडौं– कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधारमन्त्री खड्कबहादुर खत्रीलाई बर्खास्त गरेको छ । उच्च अदालत पाटनले उनलाई पक्राउ गर्न आदेश दिएको थियो ।

प्रदेशका मुख्यमन्त्रीको फेसबुक पृष्ठमा खत्रीलाई बर्खास्त गरेको सूचना हालिएको छ ।

त्यसमा लेखिएको छ– माननीय मुख्यमन्त्रीज्यूले भौतिक पुर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरी उक्त मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्ने निर्णय गर्नुभएको छ। उक्त निर्णय आजै प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई जानकारी दिनुभएको छ ।

मन्त्री खत्रीसहितका पाँच जनाले १ करोड १० लाख ८० हजार रकमको फर्जी बैंक ग्यारेन्टी गरेको भन्दै उनीविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको थियो । अदालतले उनलाई तीन दिनभित्र पक्राउ गर्न आदेश दिएको छ । खत्री सुर्खेतबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।





  • प्रकाशित मिति : साउन ३१, २०७६ शुक्रबार १०:६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया