भारतसँग अन्तिम गोली हुँदासम्म लडिन्छः पाकिस्तान

एजेन्सी– भारत प्रशासित कश्मिरमा विशेष दर्जाको संवैधानिक मान्यतालाई अन्त्य गरेपछि भारत र पाकिस्तानको सम्बन्धमा निकै खलबलिएको छ । पाकिस्तानले भारतविरुद्ध कडा अभिव्यक्ति दिइरहेको छ । 

शनिबार फेरि एकपटक पाकिस्तानले कश्मिरको विषयमा आफू भारतसँग लड्न सक्ने अभिव्यक्ति दिएको छ । पाकिस्तानले कश्मिरका लागि आखिरी सैनिक र आखिरी गोली बाँकी हुँदासम्म लड्ने अभिव्यक्ति दिएको हो । 

पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले भनेका छन्, ‘पाकिस्तानको प्रोफेसनल सेना भारतलाई हराउन तयार छ । हाम्रा सबै संस्था भारतविरुद्ध युद्ध सुरु गर्न सबै तयार भएका छन् ।’ कुरैशीले यो जानकारी पाकिस्तानमा कश्मिरबारे बनेको विशेष समितिको बैठकमा दिएका हुन् । 

इन्टर सर्भिस पब्लिक रिलेसनका निर्देशक जनरल मेजर आसिफ गफूरले पनि अब पाकिस्तान भारतविरुद्ध लड्न तयार रहेको बताएका छन् । उनले भारतको जस्तोसुकै दुसाहसको जवाफ दिन आफूहरु तयार भएको बताएका छन् । 





  • प्रकाशित मिति : भदौ १, २०७६ आइतबार ९:५९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया