पारसले मागे माफी, छानबिन हुने

काठमाडौं– पूर्वयुवराज पारस शाहले विमानस्थलमा बर्दीमा रहेका प्रहरीमाथि गरेको दुव्र्यवहारको छानबिन हुने भएको छ । केही दिनअघि पारसले विमानस्थलमा भिआइपीको सुरक्षामा खटिएका प्रहरी अधिकारीमाथि हातपात गरेका थिए । 

महानगरीय प्रहरी कार्यालयले यसबारे छानबिन सुरु गर्न निर्देशन दिइसकेको छ । आन्तरिक छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको प्रहरी कार्यालयले जनाएको छ । 

उता, पारस शाहले यस विषयमा एउटा फेसबुक पोस्ट लेखेका छन् । पोस्टमा उनले आफ्ना जनतालाई थाहा दिनुपर्ने भएकाले त्यो घटनाबारे लेखेको उल्लेख गरेका छन् । ‘मेरो छोराको अनुहारमा पुलिसको डन्डा देखेपछि मैले सहन सकिनँ,’ पारसले लेखेका छन्, ‘म सम्बन्धित पक्षसँग माफी माग्छु ।’

पारसले आमा अर्थात् रानी कोमल शाहको बायोप्सी गर्न थाइल्यान्ड जान लागेकाले आफूहरु उनलाई बिदाइ गर्न विमानस्थल पुगेको पनि आफ्नो पोस्टमा उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : भदौ ३, २०७६ मंगलबार ७:४७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया