ट्रम्पले मोदी र इमरानसँग कुरा गरे, भने– मुश्किल समय, राम्रो कुराकानी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका छन् । 

दुवै प्रधानमन्त्रीलाई उनले कश्मिर जारी रहेको तनाव अन्त्य गर्न आग्रह गरेका छन् । 

मंगलबार उनले ट्विटरमा लेखेका छन्, ‘मैले मेरा दुई साथीहरु भरतका प्रधानमन्त्री मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग व्यापार, रणनीतिक साझेदारी र सबैभन्दा महत्वपूर्ण त कश्मिर मुद्दामा कुरा गरेँ । यो मुश्किल समय हो, तर राम्रो कुराकानी भयो ।’

उता, ह्वाइटहाउसका प्रवक्ता होगन गाइडलीले भनेका छन्, ‘अमेरिकी राष्ट्रपतिले कश्मिरमा जारी तनावलार्य कम गर्न मोदीलाई भनेका छन् ।’

कश्मिरको विशेष राज्यको दर्जालाई भारतले निष्प्रभावी बनाएपछि भारत र पाकिस्तानबीच ५ अगस्टदेखि कश्मिरमा निकै तनाव बढिरहेको छ । 

पाकिस्तानले सोमबार भारतीय सेनाले नियन्त्रण रेखामा गोलीबारी गरेको आरोप लगाएको थियो । त्यसपछि ट्रम्पले मोदी र इमरानसँग कुरा गरेकाले यसलाई विशेष प्राथमिकताका साथ हेरिएको छ । 





  • प्रकाशित मिति : भदौ ३, २०७६ मंगलबार ११:४१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया