इटालीमा राजनीतिक अस्थिरता: प्रधानमन्त्रीले राजीनामा दिने

एजेन्सी– इटालीका प्रधानमन्त्री गिसेप्पे कोन्टेले इटालीको संसदलाई आफूले राजीनामा दिने बताएका छन् । उनले इटालीका आन्तरिक मामिलामन्त्री म्याटियो साल्भिनीलाई गम्भीर आरोपहरु लगाउँदै राजीनामा दिने घोषणा गरेका हुन् । 

मंगलबार झन्डै एक घन्टे लामो भाषण गरिसकेपछि कोन्टेले भने, ‘साल्भिनीले अहिले निर्वाचनको आह्वान गर्नु गैरजिम्मेवारपूर्ण कदम हो, यसले देशको भविष्यलाई समस्यामा पारेको छ, चुनौतिपूर्ण बनाएको छ ।’

‘अहिले भएको यो राजनीतिक संक्रमणका कारण अब केही समय निर्वाचनका लागि तयारी गर्न लगाउनु पर्ने हुनसक्छ,’ उनले भनेका छन्, ‘यही कारण अब हुने यो सरकार कामचलाउ हुनेछ र हामी युरोपेली युनियनमा कमजोर हुनेछौँ ।’

उनले संसद्मा अन्य सांसद्का कुरा सुनिसकेपछि राष्ट्रपतिकहाँ पुगेर आफ्नो राजीनामा दिने बताएका छन् । 

कोन्टेको यो राजीनामा सँगै अब इटालीमा नयाँ निर्वाचनको घोषणा हुनु पर्ने हुन्छ ।

कोन्टेको सम्बोधन सकिएलगत्तै साल्भिनीले माइक समाते र भने, ‘म स्वतन्त्र मान्छे हुँ, मलाई इटाली जनताको के निर्णय आउनेछ भन्नेबाट कुनै डर छैन । तर, मैले यो सब गरेको इटालीलाई समृद्ध बनाउन हो ।’



पहिलेका वकिल कोन्टेको कुनै पनि राजनीतिक संलग्नता थिएन । तर, उनी जुन २०१८ मा इटालीको प्रधानमन्त्री बनेका थिए । 



  • प्रकाशित मिति : भदौ ३, २०७६ मंगलबार २०:४९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया