‘सभामुख विदेश हुँदा उतैबाट संसद् चलाए, न्यायाधीश विदेश हुँदा उतैबाट बेन्च बसाले के हुन्छ ?’

काठमाडौं– कांग्रेस उपसभापति विमलेन्द्र निधिले लोकतन्त्रमा देशबाहिरबाट शासन चलाउन नमिल्ने भन्दै प्रधानमन्त्रीले सिंगापुरबाट मन्त्रिपरिषद्को अध्यक्षता गरेकोप्रति आपत्ति जनाएका छन् ।

‘लोकतन्त्रमा देशभित्रैबाट शासन चलाउन पर्छ, सिंगापुरबाट चलाउन पाइँदैन,’ आज राष्ट्रियसभा भवनमा ग्लोबल युथ एलायन्सले गरेको विचार गोष्ठिमा निधिले भने, ‘राष्ट्रियता सिंगापुरबाट होइन, नेपालभित्रबाटै परिभाषित हुन्छ ।'

प्रधानमन्त्री सिंगापुर जानुअघि केही दिनअघि ‘अवैधानिक तरिकाले, अधिनायकवादी प्रवृत्तिबाट’ नियमावली संशोधन गरी बाहिरबाट बैठक चलाउनुले खतराको संकेत गरेको भन्दै प्रमुख प्रतिपक्षी दलका प्रभावशाली नेता निधिले संशोधन गरिएको सरकारको कार्यसम्पादन नियमावली २०६४ फिर्ता गरी पूर्ववत् ढंगबाटै मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था गर्न माग गरे । 

सरकारलाई आफ्नो निर्णय फिर्ता लिन दबाब सिर्जना गर्नुपर्ने आवश्यकता देखिएकाे भन्दै निधिले खबरदारी गर्न युवालाई आग्रह गरे । 

‘भोलि सभामुख विदेश हुँदा उतैबाट संसद् चलाउन खोजे, प्रधानन्यायाधीश विदेश हुँदा उतैबाट बेन्च बसालेर न्याय सम्पादन गर्न खोजे के हुन्छ ?’ निधिले प्रश्न गरे । 





  • प्रकाशित मिति : भदौ १२, २०७६ बिहीबार १५:५२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया