चितवन– पूर्वप्रधानमनत्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका कारण जनतामा बेचैनी सुरु भएको बताएका छन् ।
भरतपुर महानगरपालिकामा आयोजित एक छलफल कार्यक्रममा बोल्दै उनले यसरी जनतामा बेचैनी सुरु लोकतन्त्रका लागि खतरा भएको बताए ।
भरतपुर विमानस्थल विस्तार एवम् सुधारबारे छलफलका लागि प्रचण्ड चितवन पुगेका हुन् । छलफलका क्रममा प्रचण्डले जनतामा बेचैनी सुरु हुँदा अराजकता र अन्योलले प्रश्रय पाउने बताए ।
सरकारले जनतालाई समाजवादउन्मुख राज्यको प्रत्याभूति दिनु सक्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘अब एक्सनमा जानुपर्छ, फेरि पनि अराजकता र अन्योल यो देशले थाम्न सक्दैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।