सुनील शेट्टीले बताए आफैंले स्टन्ट गर्नुको कारण

एजेन्सी– बलिउड अभिनेता सुनील शेट्टीको बलिउडमा निकै अलग पहिचान छ । उनले एक्सन हिरोको रुपमा आफ्नो पहिचान बनाएका छन् । 

कतिपय फिल्ममा आफैं स्टन्टसमेत गरेका सुनीलले यस विषयमा अब नयाँ नयाँ कुरा खोल्न थालेका छन् । उनले आफ्ना फिल्ममा आफैंले स्टन्ट गर्नुको कारण चाहिँ आफूले आफैंलाई प्रमाणित गर्न खोज्नु भएको बताएका छन् ।

‘मैले सपनामा पनि सोचेको थिइनँ कि म खतरानक स्टन्टहरु गर्नेछु तर मैले पछि गरेँ,’ उनले भनेका छन्, ‘किनकि मैले आफैंलाई प्रमाणित गर्नु पर्ने थियो । यो मेरालागि चुनौति थियो, आफैंलाई प्रमाणित गर्नका लागि मैले त्यस्ता स्टन्टहरु गरेको हुँ ।’

उनले आफूले गर्न खोजेका कतिपय कामहरु असुरक्षित रहेको त थाहा भएको तर त्यसो हुँदाहुँदै पनि आफू त्यो क्षेत्रमा लागेकाले ती काम आफैंले गरेको खुलासा गरेका छन् । 





  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार १९:३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया