हिथ्रो विमानस्थलमा चोरियो रजनीकान्तकी छोरीको सामान

एजेन्सी– भारतका सुपरस्टार रजनीकान्तकी छोरी सौन्दर्या केही दिनअघि लन्डनमा पुगेकी छिन् । पति विशगनसँग लन्डनमा पुगेकी सौन्दर्या अहिले खुसीभन्दा पनि बढी दुःखी छिन् । यसको कारण हो, हिथ्रो विमानस्थालमा उनको सामान चोरी भयो। 

यही कुरा उनले आफ्नो ट्विटर एकाउन्टमा सेयर गरेकी छिन् । उनले एउटा लामो पोस्ट लेख्दै इमिरेट्स एयरलाइन्सलाई पनि ट्याक गरेकी छिन् । अनि लेखेकी छिन्, ‘यो त बिलकुलै स्वीकार्य भएन ।’

उनले १ सेप्टेम्बरमा आफूहरु हिथ्रोमा पुगेको र त्यहाँबाट आफ्नो सामान हराएको बताएकी छिन् । ग्राफिक्स डिजाइनर तथा फिल्म प्रोड्युसर सौन्दर्याले २०१९ मा विशगनसँग दोस्रो विवाह गरेकी थिइन् ।





  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार २१:३०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया