खराब मौसमका कारण हेलिकाेप्टर आकस्मिक अवतरण

सुर्खेत– सुर्खेतबाट डोल्पाका लागि उडेको माउण्टेन एयरको नाइनएन–एएलडी हेलिकाेप्टर खराब मौसम भएपछि स्थानीय बारुदथानमा आकस्मिक अवतरण गरिएको छ ।

साेमबार बिहान हुम्लाबाट सुर्खेत पुगेर सुर्खेतमा  इन्धन भरेर पुनः सुर्खेतदेखि डोल्पा जान लागेको हेलिकाेप्टर खराब मौसमका दैलेखमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ । 

बिहान ७ः३० बजे  बारुदथानको खुला चौरमा हेलिकाेप्टर अवतरण गरिएको र करिब ढेड घण्टापछि पुनः उडान गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।

हेलिकाेप्टरमा चालक दलका तीन  सदस्य मात्र  थिए । हेलिकाेप्टर दैलेखदेखि नेपालगन्जतर्फ उडान भएको र मौसम सुधार भएपछि नेपालगन्जबाट पुन: उडान गर्ने चालक दलले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।

साेमबार दैलेखमा  बिहानैदेखि लगातार वर्षा भइरहेको छ । 





  • प्रकाशित मिति : भदौ २३, २०७६ साेमबार १६:२६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया