काठमाडौं– नेपाल र चीनबीच विभिन्न तीन सम्झौता भएका छन् ।
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यी र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीबीच आज काठमाडौंको होटल याक एन्ड यतिमा भएको बैठकमा यी तीन समझदारीपत्रमा हस्ताक्षर भयो । मन्त्रीहरुको उपस्थितिमा दुई देशका अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरका हुन् ।
आज भएका सम्झौतामा पहिलो अस्पताल निर्माणसम्बन्धी छ । नेपाल र चीनबीच चीनले हिमालपारिको जिल्ला मनाङमा ३५ करोड ६० लाख रुपैयाँको लागतमा अस्पताल बनाउने सहमति भएको छ ।
दोस्रो सम्झौतामा चिनियाँ पक्षले आपत्कालीन सेवाका लागि गृह मन्त्रालयलाई ५ हजार टेन्ट उपलब्ध गराउने उल्लेख छ ।
तेस्रोमा चीनले बाढी प्रभावित नागरिकलाई १ करोड ६० लाख रुपैयाँ सहयोग गर्ने समझदारी भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।