तरुण दलका महासचिव भुपेन्द्र कारवाहीमा

काठमाडाैं— प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले महासचिव भुपेन्द्रजंग शाहीलाई सदस्यसमेत नरहनेगरी पदबाट हटाएको छ । अध्यक्ष जितजंग बस्नेतले शाहीलाई अनुशासन विपरित काम गरेको भन्दै सदस्यसमेत नरहने गरी कारवाही गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

‘तपाईले आफ्नो पदीय मर्यादा जिम्मेवारी र नेपाली कांग्रेस पार्टी र नेपाल तरुण दलको आदर्श एवं सिद्धान्त विपरित गई अनुशासनहिन कार्यहरु गर्नु भएको हुँदा नेपाल तरुण दलको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्था अनुसार नेपाल तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको व्यहोरा यसै पत्रमार्फत जानकारी गराइन्छ’ अध्यक्ष बस्नेतद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ ।

महासचिव शाहीले अध्यक्षसँगको सल्लाह विना निलम्वनमा परेका तरुण दल सिन्धुपाल्चोकका उपाध्यक्ष सगुन श्रेष्ठको निलम्वन फुकुवा गरेका थिए ।

याे विज्ञप्ती आएलगत्तै शाहीले पनि विज्ञप्ती निकालेका छन् । उनले आफूले गरेका निर्णय सबै वैधानिक भएकाे जनाएका छन् ।

 





  • प्रकाशित मिति : भदौ २८, २०७६ शनिबार १८:१८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया